सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

दैलेखः सेञ्चुरी कमर्सियल बैंक दैलेख शाखाले विद्यार्थीलाई झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नारायण नगरपालिका–३ भूर्तीमा रहेको पञ्चदेवल प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएकोे हो ।
सेञ्चुरी कमर्सियल बैंक दैलेख शाखाका शाखा प्रबन्धक उमेश प्याकुरेलले कक्षा १ देखि कक्षा ५ सम्मका सबै न्यून आय भएका विद्यार्थीलाई झोला बितरण गरिएको बताए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले बालबालिकाको मनोवल बढ्ने, पढाईमा रुची देखाउनेमा प्याकुरेलले विस्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार